Categories समाचार

आशा किरण केन्द्रले १० औं स्थापना दिवसमा सांगीतिक कार्यक्रम गर्ने

Advertisement

वीरगंज । आज आशा किरण केन्द्र वीरगंजद्वारा पत्रकार सम्मेलनको आयोजना गरिएको थियोे। वीरगंज स्थित सिद्धार्थ मा.बि.को प्राङ्गणमा सो सम्मेलन आयोजना गरिएको थियोे।

आशा किरण केन्द्र वीरगंजका महासचीव राजन श्रीवास्तवका अनुसार आशा किरण केन्द्र वीरगंजको १० औं स्थापना दिवसको पुनित अवसरमा यही पुष ५ गते वीरगंजको टाउनहलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ आयोजना हुने रात्रि भोज तथा साङगीतिक कार्यक्रम सफल बनाउन सम्मेलन गरिएको थियो ।

Advertisement

वीरगंजमा आज भन्दा १० बर्ष अगाडि सुनिल गुप्ताको अध्यक्षतामा यो संस्था गठन भएको थियोे।यो संस्थामा सुस्त मनोस्थिती,मस्तिष्क पक्षाघात एवं विभिन्न कारणले मन्सिक रुपमा विकलांक भएका बालबालिकाहरुको उचित स्याहार सुसार,पठनपाठन तथा स्वयमसक्षम हुने प्रशिक्षण इत्यादी कार्यहरु गर्दै आईरहेको छ।

Advertisement

सुरुको दिनमा यो संस्थाले एक जना बच्चा बाट यो सेवा सुचारु गरेको थियो भने आजको दिनमा ४२ जना बच्चाहरु लाई यो संस्थाले प्रत्यक्ष रुपमा निशुल्क सेवा प्रदान गर्दै आएको छ।

सम्मेलनमा वीरगंज उधोग बाणिज्यसंघका पुर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी तथा आशा किरण केन्द्र वीरगंजका आजिवन सदस्य गणेश लाठ एवम् सदस्य नुतन सरावगि तथा पदाधिकारी एवं शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

यहि पुष ५ गते वीरगंजको टाउनहलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ आयोजना हुने रात्रि भोज तथा साङगीतिक कार्यक्रमका सहभागी हुन लाई अतिथिजन बाट जनही २ हजारको दरले संकलन गर्ने योजना बनाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

सो संकलन गरिएको रकम बाट बालबालिकाहरुको सेवाको लागि अक्षय कोषको स्थापना गर्ने योजना समेत गरिएको हुदा सम्पुर्ण वीरगंजबासी संग कार्यक्रममा सहयोगका लागि टिकट खरिद गरि पुण्यको कार्यमा सहभागी हुन अनुरोध समेत गरिएको थियोे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *