Categories अर्थ

सुनको मूल्य तोलामा १७ सयले घट्यो

काठमाडौँ l नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोला घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

योसँगै आजका लागि सुनको मूल्य तोलाको १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *