Categories समाचार

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

Advertisement

काठमाडौँ । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो।

यसै वर्षदेखि लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

Advertisement

कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रूपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *