Categories समाचार

जनकपुरको दुर्गा मन्दिरमा एक पुरुषको शव फेला, ईंटा प्रहार गरी हत्या गरेको अनुमान

जनकपुरधाम l जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइसकेको छैन ।

Advertisement

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो ।

Advertisement

घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ ।

घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *