Categories स्वास्थ्य

सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

बिरगंज l बिरगंज स्थित सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सो रक्तदान कार्यक्रम सानिमा बैंकको आफ्नै भवन लिङ्क रोड बिरगंजमा आयोजना गरिएको थियोे । कार्यक्रम बिरगंज ब्रान्चका प्रमुख राज कुमार सोडारी को आतिथ्यमा सम्पन्न भएको थियो।

८ महिला सहित २५ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा रजनी गुरुङ,सागर बिक्रम साह,मनिष सोनी,प्रीन्स श्रीवास्तव,हिमेश कुमार साह,सुरज कुमार झा,अनुप कुमार पटेल,सुरज कुमार पटेल,उमेश कुमार गुप्ता,शागर कुमार साह लागायत रहनु भएको थियो।

Advertisement

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , सामाजिक अभियानता राजेन्द्र भट्टराई एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा , मनिश गुप्ता, श्री राम ठाकुर , लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *