बिरगंज l राजस्थानको जयपुरमा पेट्रोल पम्प नजिकै एलपिजी र सिएनजी ट्रक एकआपसमा ठाेक्किएर दुर्घटना भएको छ । दुर्घटनापछि नजिक भएको गाडीमा आगलागी भएको हाे ।
प्रारम्भिक जानकारी अनुसार आगलागीमा जिउँदै जलेर ५ जनाकाे मृत्यु भएकाे छ । प्रहरी र अग्नि नियन्त्रकहरुले अझै पनि आगो निभाउने प्रयास गरिरहेका छन् ।
यस दुर्घटनामा जलेर १२ देखि १५ जना गम्भीर घाइते भएको बताइएको छ, उनिहरुलाई उपचारका लागि सवाई मानसिंह अस्पतालमा लगिएको छ । -ऐजेन्सी


