Categories शिक्षा समाचार

आशा किरण केन्द्रद्वारा स्थापना दिवसको अवसरमा सांगीतिक कार्यक्रम आयोजना

Advertisement

वीरगन्ज । आशा किरण केन्द्र वीरगन्जको १० औं स्थापना दिवसको पुनित अवसरमा शुक्रबार साझ टाउनहलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ रात्रि भोज एवम् साङगीतिक कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रमका प्रमुख अतिथी मुर्लिधर रुङटाको आतिथ्यमा एवम् अतिथिमा मुना देबि कानु, प्रकाश खन्डेवाल, अनिल पटवारी, उधोग बाणिज्यसंघका हरि गौतम, बिनोद मेहता, वीरगन्ज उधोग बाणिज्यसंघका निबर्तमान अध्यक्ष एवम् उधोगपति सुबोध गुप्ता लगायत विभिन्न व्यापारीवर्ग,विभिन्न संघ संस्थाका पदाधिकारीहरु,सहयोगी दाताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथी रुङटाले दिप प्रजवल्न गरि उद्घाटन गरेका थिए।

Advertisement

आशा किरण केन्द्र वीरगन्जमा आज भन्दा १० बर्ष अगाडि सुनिल गुप्ताको अध्यक्षतामा संस्था गठन भएको थियोे। संस्थामा सुस्त मनोस्थिती,मस्तिष्क पक्षाघात एवं विभिन्न कारणले मन्सिक रुपमा विकलांक भएका बालबालिकाहरुको उचित स्याहार सुसार, पठनपाठन तथा स्वयमसक्षम हुने प्रशिक्षण इत्यादी कार्यहरु गर्दै आईरहेको छ।

सुरुको दिनमा यो संस्थाले एक जना बच्चा बाट सेवा सुचारु गरेकोमा आजको दिनमा ४२ जना बच्चाहरु लाई यो संस्थाले प्रत्यक्ष रुपमा निशुल्क सेवा प्रदान गर्दै आएको छ। कार्यक्रममा उधोग बाणिज्यसंघ वीरगन्जका पुर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी तथा केन्द्र वीरगन्ज आजिवन सदस्य गणेश लाठ एवम् महासचिव राजन श्रीवास्तव, सदस्य नुतन सरावगि तथा यस आशा किरण केन्द्र वीरगंजका पदाधिकारी एवं शिक्षिकाहरुको तथा बिरगंज बाट बाहिरका अतिथीहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष अतिथीकोरुपमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीले विभिन्न नेपाली तथा हिन्दी गित प्रस्तुत गरेका थिए। आशा किरण केन्द्र वीरगंजमा बालबालिकाहरु द्वारा आफुले सिखेका विभिन्न शिपमुलक कलाहरु प्रस्तुत गरेका थिए।

केन्द्रका मनिष आस्वानीको भनाई अनुसार विभिन्न ठाउ बाट बालबालिकाहरु लाई स्कुल देखि घर सम्म लयाउन लैजान यातायात सुबिधाको अति नै आवस्यकता रहेकोले सहयोग गर्न सम्पुर्ण स्थानीय जनप्रतिनिधि एवम् समाजसेवीहरु लाई अनुरोध गर्दै अहिले सम्म सबै सहयोगी दाताहरुको साथ सहयोगले संस्था राम्रोसँग संचालन भैरहेकोले सबैजना महानुभवहरुलाई विशेष धन्यवाद प्रकट गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य बिनोद मेहताले गरेका थिए भने कार्यक्रम सहजीकरण आशा किरण केन्द्रका मनिष आस्वानीले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *