दिपेन्द्र चौधरी सहनी
पर्सा । बाराको प्रसिद्ध गैरसरकारी संस्था हेल्पिङ हैण्ड युथ सोसाइटीको आयोजना र पकहाँ मैनपुर गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाको सहयोगमा SEE (एसईई) अभिमुखिकरण तथा व्यक्तित्व विकास सेमिनार -२०८१ कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार गुप्ता (राज गुप्ता)को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पकहा मैनपुर गाउँपालिकाका प्रशासकिय अधकृत देवनाथ साह रहनु भएको थियो।
मोटिभेसनल वक्ता प्रदिप कुमार साह, चन्द्रिका प्रसाद पटेल , डा. बासु लाल कर्ण र सन्दीप कुमार सहभागी बिधार्थीहरुलाई प्रशिक्षण दिएका थिए। सयौं बिधार्थीहरुको सहभागितामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पकहा मैनपुरका सबैभन्दा पुरानो र सबैभन्दा ठुलो विद्यालय श्री राम चरीत्र मा बि को प्राङ्गणमा गाउँपालिका भित्र रहेको सबै माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भेला गरि अभिमुखिकरण कार्यक्रम गरिएको हेल्पिङ्ग हैण्ड युथ सोसाइटी संस्थाले जानकारी दिएको हो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
निरन्तर रुपमा कार्यक्रम गर्दै आएको यस संस्थाले यो भन्दा पहिला पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका,प्रसौनी गाँउपालिका र पोखारिया गाउँपालिकामा कार्यक्रम गरिसकेको छ भने भोली सखुवा प्रसौनीमा कार्यक्रम गर्ने योजना बनाएको छ।






