Categories एजेन्सी

६७ जना सवार जहाज दुर्घटना

Advertisement

बिरगंज l कजकिस्तानमा ६२ यात्रु र पाँच चालक दल बोकेको जहाज दुर्घटनामा परेको छ।

Advertisement

अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ।

Advertisement

दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।

Advertisement

जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि आपतकालीन अवतरण गर्नुपरेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्।

रूसी समाचार संस्थाहरूका अनुसार रूस आउँदै गरेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *