Categories समाचार

९२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं l काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *