Categories समाचार

मन्त्री यादवविरुद्ध गरिएको दुष्प्रचार प्रति जसपाको आपत्ती

Advertisement

वीरगन्ज l जनता समाजवादी पार्टी(जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेस यादवको अभिव्यक्ति प्रति जनता समाजवादी पार्टी (जसपा)को वीरगन्ज नगर कार्य समितिले आपत्ती जनाएको छ । नेपाल सरकारका खानेपानी मन्त्री समेत रहेका जसपाका उपमहासचिव प्रदीप यादवलाई बदनाम गर्ने कुत्सित मनसायका साथ जसपा नेपालका जिल्ला अध्यक्ष यादवले अभिव्यक्ति दिएको भन्दै जसपाको नगर कार्य समितिले आपत्ति जनाएको हो ।

जसपाको वीरगन्ज नगर समितिले आफ्नो पार्टीका उपमहासचिव समेत रहेका नेपाल सरकारका खानेपानी मन्त्री यादवविरुद्ध मनगढन्ते कहानी बनाएर भएको दुष्प्रचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिनपनि माग गरेको छ ।

Advertisement

कुनै प्रमाण र तथ्य बिना मनगढन्ते रुपमा कसैलाई आरोप लगाउनु निन्दनीय कार्य रहेको भन्दै मन्त्री यादवलाई बदनाम गराउने उद्धेश्यले प्रायोजित रुपमा दुष्प्रचार गर्ने कुचेष्टा गरिएको जसपा नगर समितिको ठहर छ । जसपा नेपालका जिल्ला अध्यक्ष जस्तो पदमा रहेका रामनरेस यादवको अभिव्यक्ती प्रायोजित र कसैलाई बदनाम गराउने उद्धेश्यले केन्द्रित रहेकाले तत्काल त्यसलाई सच्चाउन विज्ञप्ती मार्फत आग्रहपनि गरिएको छ ।

Advertisement

धानखेतमा भएको घटनालाई तोडमोड गरेर कसैलाई बदनाम गराउन रचिएको षड्यन्त्र विरुद्ध उत्रन बाध्य नपार्न पनि विज्ञप्ती मार्फत जसपा नगर समितिले चेतावनीसमेत दिएको छ ।

जसपाका नगर समितिका अध्यक्ष इश्वरचन्द्र यादवले बिहीबार जारी गरेको विज्ञप्तीमा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका कृषक हरेन्द्र यादवको धानबालीमा भएको आगलागीको घटनाप्रति दुःख समेत व्यक्त गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *