Categories समाचार

पर्साबाट १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ

Advertisement

पर्सा । पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन्।

Advertisement

आइतबार वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।

Advertisement

मकवानपुर हेटौंडा उपमहानगर-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

उनीहरू ना.३ ख ४२१२ नम्बरको ट्रकमा परवानीपुरबाट ड्राइपोर्ट जाँदै थिए। प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद भएका थिए। त्यसभित्र गाँजा रहेको खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *