Categories समाज

उपकार सेवा नेपालद्वारा एक विद्यालयमा बेन्च डेस्क सहयोग

बिरगंज l उपकार सेवा नेपाल नामक संस्थाले बिरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित लक्ष्मीपुरमा नेपाल रेडक्रस आधारभूत विद्यालयलाई १० सेट बेन्च र डेस्क सहयोग गरेको छ ।

सो कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा नम्बर ३१ का वडाअध्यक्ष जितेन्द्र यादवकाे आतिथ्यतामा भएको कार्यक्रममा उपकार सेवा नेपालकी सदस्य देवी सरावगी,सुमन बगेडिया,अंकुर शर्मा,शिवशक्ति घ्यू उद्योगका प्रशासकीय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू, वडासदस्य विरेन्द्र राय थारू,प्रधानाध्यापक लक्ष्मण प्रसाद साह लगायतकाकोपनि उपस्थिती थियो ।

Advertisement

आज बिहीबार एक कार्यक्रमको आयोजना गरि उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्यादेवी सरावगी एवम् उनको टोलीले विद्यालयमै पुगेर बेन्च र डेस्क प्रदान गरेको हो । शिवशक्ति घ्यू उद्योग प्रालिको आर्थिक सहयोगमा ती बेन्च र डेस्क विद्यालयलाई प्रदान गरिएको सामाजिक अभियानता प्रकाश थारुले जानकारी गराएका थिए ।

Advertisement

उक्त कार्यक्रममा त्यस विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले उपकार सेवा नेपालकी अध्यक्ष सरावगीलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *