Categories समाचार

ठूला दल मिलेर सरकार बनेपनि सुधारको संकेत देखिएन : अध्यक्ष यादव

Advertisement

नेपालगञ्ज l जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बनेपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको टिप्पणी गरेका छन्।

अवधि पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन्।

Advertisement

नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनीक, बिकास निर्माण लगाएतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनले बताए।

Advertisement

यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरुले धेरै अघि नै आन्दोलन गरेको भन्दै अव संविधान संशोधन र परिमार्जन आवश्यक रहेको जनाए।

विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए। अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानून बनाउन नसक्दा संघीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *