वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मेयर सिंहले सेवा सुविधालाई अझै चुस्त दुरुस्त राख्न निर्देशन दिँदै डिजिटल एक्सरे राख्ने योजना बारे छलफल गरेका छन् ।
यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वीरगन्ज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायत स्थानीयवासीहरूको पनि उपस्थिति रहेको थियो।
त्यस्तै, अनुगमन टोलीले प्रयोगशालासँगै रहेको पुरानो अदालत भवनको सरसफाइ र संरक्षणमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको छ।
वीरगन्ज जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा स्थापना गरिएको हो, जसले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। प्रयोगशालामा ७५ प्रतिशतसम्म छुटमा रगतको परिक्षण हुँदै आएको छ ।







