Categories समाचार

वाइफाईको विषयमा सामान्य विवाद हुँदा नातिनातिनले गरे आफ्नै हजुरबुवाको हत्या

Advertisement

बिरगंज l पर्सामा वाइफाईको विषयमा सामान्य विवाद हुँदा नातिनातिनले आफ्नै हजुरबुवाको हत्या गरेको खुलेको छ । पोखरिया नगरपालिका ८ जगतपुर बस्ने ८० वर्षीय रामजान देवानको हत्या भएको हो ।

हत्या आरोपमा देवानका २० वर्षीया नातिनी खुश्बु खातुन र १८ नाति काबुल देवानलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

Advertisement

दुबैजनाले सोमबार राति हजुरबुबा देवानलाई कुटपिट गरी हत्या गरेको लम्सालले बताए ।

Advertisement

घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज पु¥याइएको थियो। उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए।

‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति नातिनीलाई अह्राएका थिए। किन बन्दै गर्ने भन्दै नाति नातिनी हजुरबुवामाथि खनिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *