Categories समाचार

घरभित्रै दुई छोरी मृत भेटिन्, आमा पक्राउ

Advertisement

काठमाडौं l सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधबार बिहान दुई बालिका मृत भेटिएको घटनामा प्रहरीले उनीहरूकी आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिएको छ।

३ वर्ष र ६ महिनाका दुई छोरी घरमै मृत भेटिएको र उनीहरूको घाँटीमा डाम देखिएकाले अनुसन्धानका लागि आमालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Advertisement

प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिएको र आमाले समेत स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको देखिएको सल्यानका डीएसपी केशर न्यौपानेले बताए।

Advertisement

पूर्णीमा यतिबेला १७ वर्षकी भइन्। उनले १४ वर्षमा टेकमान रानासँग विवाह गरेकी थिइन्। टेकमान कामको सिलसिलामा नुवाकोटमा रहेकोमा घटनाको खबर पाएपछि घर फर्किएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *