Categories मनोरञ्जन

अब कहिले राजनीतिक फिल्म बनाउँदिनँ- कंगना रनावत

Advertisement

बिरगंज l बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ १७ जनावरीदेखि रिलिज हुँदैछ।  उनले राजनीतिक मुद्दामा फिल्म बनाउँदा धेरै मुस्किल सामना गर्नु परेको बताएकी छन्। उनले न्यूज १८ सँगको अन्तर्वार्तामा अब कहिले पनि राजनीतिक विषयमा फिल्म नबनाउने बताएकी छन्।

‘मैले यस फिल्मको सेटमा निकै मिहेनतका साथ काम गरें। निर्देशक र निर्माताको दुवै भूमिका निर्वाह गर्दा कसरी लड्नु। म ठूलो आवाजमा भन्न चाहन्थे कि मलाई अझै पैसा चाहियो र म खुशी छैन। तर कहाँ गएर रूनू। कसलाई के भन्नू’ उनले भनिन्, ‘हामीले कोभिडको क्रममा सुटिङ गरेका थियौं।

Advertisement

मसँग अन्तर्राष्ट्रिय क्रू थियो। उनीहरूलाई हरेक हप्ताको अन्तिम दिन पैसा चाहिन्थ्यो। सुटिङ नभएको बेला पनि उनीहरूलाई पैसा दिनुपर्थ्यो। फेरि असममा बाढी आयो। म यो फिल्म बनाउन धेरै संघर्ष गरिरहेकी थिएँ। म निकै बेसहारा महसुस गरिरहेकी थिएँ। म निराश हुन्थे, तर आफ्नो निराशा कसलाई देखाउँ।’

Advertisement

उनले थप्दै भनिन्, ‘फिल्म रिलिजको लागि पनि निकै मिहेनत गर्नूपर्यो। त्यसैले अब राजनीतिक विषयमा फिल्म बनाउँदिनँ।’ फिल्ममा कंगनासँगै श्रेयस तलपडे, अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी, सतीश कौशिकलगायत कलाकारको अभिनय छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *