Categories समाचार

५ लाख बराबरका भन्सार छलिएका कपडाहरू बरामद

वीरगंज l सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत सिमा सुरक्षा गुल्मले करिब ५ लाख रुपैयाँ बराबरका भन्सार छलिएका कपडाहरू बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा सशस्त्र टोलीले वीरगंज महानगरपालिका महावीर मन्दिर रोडस्थित एक गोदाममा छापा मारेको हो। गोप्य सूचनाको आधारमा गरिएको छापामारीबाट ठूलो परिमाणमा विभिन्न प्रकारका कपडाहरू बरामद गरिएको छ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार बरामद कपडाहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। यस कारबाहीले भन्सार छल्ने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यलाई बल पुगेको छ।

Advertisement

सशस्त्र प्रहरी बलले यस्ता क्रियाकलापविरुद्ध आफ्नो निगरानीलाई अझ कडा बनाउँदै जाने प्रतिबद्धता जनाएको छ। यस प्रकारका अपरेशनहरूले अवैध व्यापार र तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *