Categories समाचार

लागू औषध गाँजासहित बाराबाट ३ जना पक्राउ

Advertisement

कलैया । बारा प्रहरीले लागू औषध गाँजासहित ३ जना भारतीयलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसाैनीका प्रमुख प्रहरी निरीक्षक सुरेशराज भट्ट नेतृत्वको प्रहरी टाेलीले बाराकाे प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रष्टोकाबाट बेहलियातर्फ जाँदै गरेको भारतीय बोलेरो जीपमा सवार तीन जना भारतीयलाई १० केजी गाँजासहित पक्राउ गरेको हो ।

Advertisement

प्रहरी निरीक्षक भट्टका अनुसार पक्राउ पर्नेमा भारतकाे उत्तर प्रदेशका ३८ वर्षीय धर्मेन्द गुप्ता, ४८ वर्षीय चन्द्रभान कुशवाहार ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।

Advertisement

युपी ३२ बीएक्स ४७२६ नम्बरको बाेलेराे गाडीसहित नियन्त्रणमा लिइएका उनिहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *