Categories समाचार

प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

काठमाडाैं l प्रधानमन्त्री केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच शुक्रबार बिहान भेट भएको छ। त्यस अवसरमा समसामयिक परिस्थितिका बारेमा बिचार विमर्श भएको थियो।

प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संशाेधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए।

Advertisement

आफूले २०८७ मा संविधान संशाेधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको बताएका थिए।

Advertisement

सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेको वारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *