Categories समाचार

आँखा उपचारको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने घोषणा

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आउँदो वर्षदेखि आँखाको उपचारसँग सम्बन्धित चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गरिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने उनले उल्लेख गरे । उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आउँदो वर्षदेखि गर्नेे उनले घोषणा गरे ।

Advertisement

“…आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ,” उनले भने ।

Advertisement

उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचारसम्बन्धी उपकरण थप र भौतिक पूर्वाधार व्यवस्थित गर्ने विषयमा सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

“उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्ने कुरा पनि महत्त्वपूर्ण विषय हो,” उनले भने, “उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरूले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरूमा, उपचार संस्थाहरूमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गरौँ ।”

मन्त्री पौडेलले आँखा उपचारका निम्ति नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका निम्ति नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको सुनाए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *