Categories अर्थ

सय रुपैयाँले बढ्यो सुनको भाउ

बिरगंज l आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज हिजो जस्तै तोलाको एक हजार आठ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *