Categories एजेन्सी

प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक

Advertisement

बिरगंज l भारतीय राज्य झारखण्डको धनबाद जिल्लास्थित एक निजी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) विरुद्ध छात्राहरूलाई आफ्नो सर्ट खोल्न बाध्य पारिएको घटना सार्वजनिक भएको छ।  तर प्रधानाध्यापकले आफूले त्यस्तो कुनै आदेश नदिएको दाबी गरेका छन्। 

पीडित छात्राहरूले धनबाद जिल्ला मजिस्ट्रेटमा गरेको लिखित उजुरीअनुसार घटना विद्यालयमा प्रि-बोर्ड परीक्षाको अन्तिम दिन भएको हो। 

Advertisement

स्कुलका प्रिन्सिपलले छात्राहरूले एकअर्काका लागि आफ्नो सर्टमा शुभकामना लेखेपछि यसले स्कुलको प्रतिष्ठामा आँच आउने भनी सबै सबैलाई सर्ट खोल्न लगाएको आरोप छ। 

Advertisement

यसपछि केही छात्रालेले आफैँले आफ्नो सर्ट फुकाले भने केहीका सर्ट सिनियर विद्यार्थीले फुकालिदिएका थिए। जिल्ला प्रशासनले सम्पूर्ण मामिलाको अनुसन्धान गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *