Categories अन्तर्राष्ट्रिय

भारतमा महाकुम्भ मेला सुरु, ४० करोड सहभागी हुने अनुमान

Advertisement

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला सुरु भएको छ। 

गंगा, जमुन र कल्पित सरस्वती नदीको त्रिवेणीमा महाकुम्भ सुरु भएको हो। उत्तर प्रदेश सरकारले आगामी महाशिवरात्रीसम्म चल्ने मेलामा ४० करोड श्रद्धालु सहभागी हुने अनुमान गरेको छ। 

Advertisement

मेलामा आज पहिलो शाही स्नान हुनेछ। ४ हजार हेक्टर क्षेत्रफलमा हुने मेलाको पहिलो दिन प्रदेश सरकारले श्रद्धालुलाई हेलिकोप्टरबाट २० क्वीन्टल गुलाबको फुलबाट पुष्पवृष्टि गराएर स्वागत गर्ने तयारी गरेको छ। 

Advertisement

४० दिने मेलामा उत्तर प्रदेश सरकारले ‘युपी दिवस समारोह, विभिन्न सांगीतिक कार्यक्रमसहित कयौँ धार्मिक कार्यक्रमको तालिका बनाएको छ। यो मेलालाई ठूलो धार्मिक कार्यक्रम मात्र नभई उत्तर प्रदेश सरकारको प्रशासनिक शक्ति प्रदर्शनका रुपमा समेत लिइएको बीबीसी हिन्दीले जनाएको छ। 

मेलाको सुरक्षाका लागि ड्रोन, बम डिस्पोजल टोलीका साथै राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ। श्रद्धालु भक्तजनको बसोबासका लागि निःशुल्क धर्मशालादेखि ५ तारे होटेलको सुविधासहितका क्याम्पहरु तयार गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *