बिरगंज l आज सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा १०० थान स्वेटर र २० थान टोपी बितरण गरिएको छ।
बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित श्री तारा चन्द्र किशनलाई आधारभुत बिधालय छ्पकैयामा अल्पसंख्यक सामुदायका बिपन्न तथा गरिब बालबालिकाहरुको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रममा राज होजियारीको सहयोगमा सो बितरण कार्यक्रम सम्पन्न भएको हो।
उक्त बितरण कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, बिरगंज महानगरपालिका वडा नम्बर २ का अध्यक्ष म.रेयाज मिया, प्रविण विक्रम शाह, प्रेम कुमारी सिंह, अब्दुल कैश मिया, अजित कुमार भुजेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको अध्यक्ष गयासु मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको हो।






