Categories समाचार

तराइ-मधेस केन्द्रित दलको मोर्चा बन्दै, आज कार्यदलको पहिलाे बैठक

Advertisement

काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा  गठनको तयारीलाइ तिब्रता दिएका छन् । संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् । जसअनुसार आज बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैँछ । 

सो बैठकमा अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुदैँछन् । उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन भने जनमत पार्टीवाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ । 

Advertisement

यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये हृदयेश त्रिपाठी नेतृत्वको जन प्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीवाट  वृषेशचन्द लाल स्वयं उपस्थित हुने जनाइएको छ। साभार l

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *