Categories समाचार

पकहाँमैनपुरको एक बिध्यालयमा स्विटर, टोपी र ट्रेक सुट बितरण

Advertisement

बिरगंज l पर्साको पकहाँमैनपुर गाउँपालिकामा आज परोपकारी संस्था समाज परिवर्तन नेपालको आयोजनामा स्विटर, टोपी र ट्रेक सुट बितरण गरिएको छ। 

कार्यक्रम संस्थाका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। 

Advertisement

अध्यक्ष साह नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष समेत रहेका उनि २०८४ को स्थानिय तहको निर्वाचनमा आफु भाग लिने घोषणा समेत गरिसकेका छन। उनि पालिकामा निरन्तर समाजिक कार्य गर्दै आएका छन भने बिकास निर्माणको काममा देखिएको अनयमिता बारे जनप्रतिनिधि हरुलाई घचघचाउने र स्थानिय बिषेश आनदोलन समेत गर्दै आएका छन।

Advertisement

राज होजियारीको सहयोगमा पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा रहेको श्री ब्रहम स्थान नेपाल राष्ट्रिय प्राथमिक बिध्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका छात्र र छात्राहरुलाई स्विटर टोपी र ट्रेक सुट बितरण गरिएको संस्थाका अध्यक्ष साहले जनकारी दिए। 

सो अवसरमा वडा अध्यक्ष ढेडी प्रसाद यादव, बिध्यालयका प्रधानध्यापक उमेश यादव, बिओपी लहावरथकरी ईन्चार्ज सशस्त्र प्रहरी नयाव उपरीक्षक द्रोवन ढकाल, स्थानिय रामबाबु चौरसिया, हमिद मिया, बृज किशोर यादव, रामा यादव, रबिन्द्र चौरसिया, गणेश साह, पर्मेस्वर चौरसिया लगायतको सहभागिता रहेको युवा समाजसेवी चन्दन पटेलले जानकारी दिएका छन।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *