Categories समाचार

दर्जनभन्दा बढी पशुचौपायाहरु जलेर मरे

बिरगंज l पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैयामा आगलागी हुँदा एक किसानको घरगोठ जल्नुका साथै दर्जनभन्दा बढी पशुचौपायाहरु जलेर मरेका छन्।

मंगलबार राति आगाे ताप्न बालिएकाे घुरबाट आगलागी हुदाँ लाल बहादुर दास थारुको घरसगैकाे गोठ पुर्ण रुपले जल्नुका साथै २० वटा भन्दा धेरै खसीबाख्रा जलेर मरेको जीराभवानी गाउँपालिकाका अध्यक्ष रामाकान्त प्रसाद चौधरीले जानकारी दिए।

Advertisement

राति करीब १ बजेतिर भएको आगलागीका कारण घर र गाेठ पुर्ण रुपमा जलेको चौधरीले जानकारी दिए । जाडोमा आगो ताप्न बालिएको घुरबाट आगो सल्किएको अनुमान गरिएको स्थानीय बासीलाई उद्धृत गर्दै चौधरीले बताए।

Advertisement

रातको समयमा भएको आगलागीका कारण कति क्षति भयो भन्ने यकिन विवरण प्राप्त भईनसकेकाे जनाइएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *