Categories समाचार

सरकारी गाडीको ठक्करबाट दुई जना गम्भीर घाइते

Advertisement

बिरगंज l हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ स्थित विद्युत प्राधिकरण कार्यालय नजिकै मंगलबार बिहान स्कारपियोको ठक्करले मोटरसाइकल सवार दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा को.३० प. २७३७ नम्बरको मोटरसाइकल चालक बोदेबर्साइन नगरपालिका– १ का १५ वर्षीय राजेशकुमार यादव र मोटरसाइकलको पछाडी सवार सोही वडाका २० वर्षीय अमितकुमार यादव छन् । दुबै जनालाई स्थानीय जिवन ज्योति अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने स.१झ. ४८१ नम्बरको गाडी राजविराज नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

Advertisement

बिहान १० बजेतिर भएको घटना लगत्तै भागेको गाडीलाई प्रहरीले एक किलोमिटर टाढा चन्ही क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । चालक बिनोद साहले चलाइरहेको सो गाडीमा राजविराज नगरपालिकाका एक वडा अध्यक्षसहित चार÷पाँच जना सवार रहेको र तीब्रगतिका कारण साइड दिने क्रममा अनियन्त्रित भइ मोटरसाइकलमा ठोकिएको स्थानीयको भनाइ छ ।

घटनापछि चालक गाडीबाट फरार भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै स्थानीयले सो विषयमा पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् । सार्वजनिक बिदाका दिन के कुन प्रयोजनका लागि सरकारी गाडी प्रयोग गरिरहेको हो र दुर्घटनाबाट हुन गएको क्षति कसले बुझाउने हो यसबारे पनि नगरवासीले प्रश्न उठाएका छन् ।

दुर्घटनामा नगरपालिकाको गाडीको अग्रभाग तथा मोटरसाइकलको पुरै भाग क्षतिग्रस्त भएको छ । त्यस्तै गम्भीर घाइते भएका दुई जनाको उपचारमा समेत मोटो रकम खर्च हुने भन्दै स्थानीयले यसबारे आवश्यक अनुसन्धान गरी सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग गर्ने जनप्रतिनिधिबाट क्षतिपुर्ति भराउनु पर्ने माग समेत गरेका छन् । साभार : जनकपुर टुडे

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *