Categories समाचार

विकासका लागि महानगर र स्थानीयबीचको सहकार्य अपरिहार्य : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वडा नं. १९ का स्थानीयबासीसँग आज विशेष छलफल गरेका छन्।

वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने बरवामा विकास निर्माणका विषयमा छलफल गर्न नगर प्रमुख सिंह स्थानीयबासीसँग प्रत्यक्ष संवादमा सहभागी भए।

Advertisement

नगर प्रमुख सिंहले विकास निर्माणका कार्यहरूको अनुगमन गर्दै स्थानीयबासीसँग समस्या र आवश्यकताबारे जानकारी लिएका थिए। छलफलका क्रममा स्थानीयले भौतिक पूर्वाधार, सरसफाइ, सडक सुधार, तथा अन्य सेवासुविधासँग सम्बन्धित विषयमा आफ्ना गुनासा र सुझाव प्रस्तुत गरेका थिए।

Advertisement

स्थानीयबासीले विकास निर्माण कार्यमा तीव्रता दिन, आवश्यक स्रोत साधन उपलब्ध गराउन, र ठोस योजना लागू गर्न माग गरेका छन्। प्रमुख सिंहले महानगरपालिकाको प्राथमिकता र योजनाबारे जानकारी दिँदै स्थानीयका चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख सिंहले विकास निर्माणका कार्यहरूमा स्थानीय सहभागिता महत्वपूर्ण हुने बताउँदै उनीहरूलाई महानगरसँग सहकार्य गर्न आग्रह गरे। “विकासका लागि महानगर र स्थानीयबासीबीचको सहकार्य अपरिहार्य छ। समस्याहरू समाधान गर्न हामी दृढ छौं,” सिंहले भने।

यस प्रकारका प्रत्यक्ष संवाद र अनुगमनले स्थानीयस्तरमा देखिएका समस्याहरू समाधान गर्न र विकास निर्माणका कार्यहरूलाई प्रभावकारी बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *