Categories Uncategorized

राम जानकी मन्दिरको वर्षगाँठको अवसरमा महानगरद्वारा २४ घण्टे अखण्ड अष्ट्याम र लाख बत्ती बालियो

Advertisement

वीरगन्ज । राम जानकी मन्दिरको प्राणप्रतिष्ठाको वर्षगाँठको अवसरमा वीरगन्जमा लाख बत्ती बालिएको छ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नं १० घडिअर्वा पोखरी नजिकै पुनः निर्माण गरी बनाइएको राम जानकी मन्दिरको वर्षगाँठको अवसरमा महानगरले २४ घण्टे अखण्ड अष्ट्याम र लाख बत्ती बाली वर्षगाँठ मनाएको हो।

Advertisement

उक्त अवसरमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले बत्ती बालेर पुजाआजा गरेका थिए भने वडा नम्बर १० का अध्यक्ष सुशील साह कानु एवम् भक्तजनहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम २४ घण्टे अखण्ड अष्ट्याम तथा भक्तजनहरूलाई महाप्रसाद वितरण गरिएको थियोे।

५ सय वर्षको लामो प्रतिक्षा र संघर्ष पश्चात भारतको अयोध्यामा गत वर्ष जनवरी २२ तारिखको दिन भगवान राम लालाको प्राणप्रतिष्ठा एवम् मन्दिरको उद्घाटन गरिएको थियोे। त्यसै अवसरमा वीरगन्ज महानगरपालिकामा पनि धेरै दिनदेखि कमजोर र जिर्ण अवस्थामा रहेको राम जानकी मन्दिरको पुनःनिर्माण गरी प्राणप्रतिष्ठा गरिएको थियोे।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *