Categories समाचार

अध्यक्ष जैसवालद्वारा विद्यालय भवनको शिलान्यास

Advertisement

वीरगन्ज । १ करोड १० लाखको लागतमा श्री शोभारामचन्द्र आधारभूत विद्यालय प्रसौनीको ६ कोठे भवन निर्माण हुने भएको छ । प्रसौनी गाउँपालिकाका अध्यक्ष आइतबार उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

बाराको प्रसौनी गाउँपालिकाका वडा नं ७ बलुवा टोलमा रहेको श्री शोभारामचन्द्र आधारभूत विद्यालय प्रसौनीको ६ कोठे भवनको शिलान्यास गरिएको हो।

Advertisement

गाउँपालिकाको लागतमा विधालय भवन तत्काल निर्माण कार्य सुरु भई चैत मसान्तसम्म सम्पन्न हुने विधालय व्यवस्थापन पक्षले जनाएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल आफुले चुनावको बेला शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता गरेको हुदाँ प्रसौनीमा यस्ता विकासको लागि आफु पछि नहटने उनको भनाई थियो ।

शिलान्यास कार्यक्रममा उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह, वडा अध्यक्ष ईस्लाम मिया असारी, प्रेम बाबु पटेल , युवा समाज सेवी प्रदीप साह, शिक्षा शाखा प्रमुख सन्तोष साह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *