Categories समाचार

भाइले कैची प्रहार गर्दा दाइको मृत्यु

Advertisement

कैलाली l कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काका अनुसार ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको हो ।

हिजो (शनिबार) राति साढे १२ भाई प्रकाशले घाँटीमा कैची प्रहार गर्दा गम्भीर घाइते भएका दाइ लालबहादुरको उपचारको क्रममा राति २ः५० बजे मृत्यु मिसन अस्पताल धनगढीमा मृत्यु भएको खड्काले बताए ।

Advertisement

प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *