Categories समाचार

फोहोर फ्याल्न निकाल्दा एक थुनुवा फरार

Advertisement

बारा । बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार सिमरा– २ निवासी महेश चौधरी फरार भएका हुन् । 

उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । 

Advertisement

उनका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन् । फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ । विशेष टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी दाबी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *