Categories अन्तर्राष्ट्रिय

६४ जना सवार विमान ह्वाइट हाउस नजिकै दुर्घटना

काठमाडौं l अमेरिकाको राजधानी वाशिङ्टन, डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ।

अमेरिकन एयरलाइन्सले सीएनएनलाई उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार भएको जानकारी दिएको छ।

Advertisement

यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको हो। विमान अवतरण गर्ने क्रममा थियो तब यो आकस्मिक दुर्घटना भएको हो।

Advertisement

घटनाले अमेरिकामा त्रास फैलाएको छ। विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन्। विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन्।

दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी दिइएको पुष्टि गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *