Categories समाचार

बीपीएस प्लस टु कलेजको खेलकुद सप्ताह शनिबारसम्म चल्ने

बिरगंज। बिरगंजमा रहेको बीपीएस प्लस टु कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि हिजो शुभारम्भ भएको खेलकुद सप्ताह शनिबारसम्म चल्ने छ ।

हिजो पहिलो दिन (बुधबार) ब्याटमिन्टन र फुटबल भएको थियो भने आज लुडो,चेस, स्किपिंग, टग अफ वार हुँदै छ l भोलि (शुक्रवार) कबड्डी र खो खो हुन्छ भने शनिबार तीन वटा खेल गरेर समापन गरिने तालिका तयार गरिएको छ l

Advertisement

खेलकुद सप्ताहको उद्घाटन कलेजका शैक्षिक निर्देशक दीपक पटेल र एचआर निर्देशक सन्दीप कुशवाहाले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमका दौरान कलेजका खेलकुद संयोजक आकाश पटेलले प्रतियोगिताहरूबारे जानकारी गराउँदै सप्ताहभर विभिन्न खेलहरू सञ्चालन हुने बताए थिए ।

Advertisement

खेल सप्ताहभर बैडमिन्टन, फुटबल, चेस, लुडो, स्किपिङ, डोरीयन, कबड्डी, खो-खो, स्लो साइकल, रेस, स्पुन मार्बल, म्युजिकल चेयर जस्ता विभिन्न प्रतियोगिता सञ्चालन गरिने निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए।

निर्देशक कुशवाहाले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न खेलकुद महत्वपूर्ण हुने बताउँदै, अतिरिक्त क्रियाकलापले उनीहरूलाई सफलतातर्फ डो-याउने विचार व्यक्त गरे। साथै, उनले विद्यार्थीहरूलाई खेलकुदमा सहभागी भई आफ्नो प्रतिभा उजागर गर्न प्रेरित गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *