Categories समाचार

ईभीको ठक्करबाट मोटरसाइकल सवार एकको मृत्यु, एक जना घाइते

Advertisement

चितवन l भरतपुर महानगरपालिका–१४ भावना चोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

आइतवार बेलुका ५ः४० बजेको समयमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

Advertisement

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार भरतपुर–१४ बस्ने २१ वर्षीय रोशन अधिकारीको आज बिहान ५ः४५ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Advertisement

मोटरसाइकल चालक कालिका नगरपालिका–८ शक्तिखोर बस्ने वर्ष २० को प्रदीप खत्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएकोे छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक भरतपुर–२० बस्ने वर्ष ३४ को सविनराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *