Categories समाचार

मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब सम्पन्न

बिरगंज l मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम
बिरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटाेल स्थित सम्पन्न भएको छ।


बिरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने विशिष्ट अतिथिमा मुनलाईट स्कुलका संचालक श्याम केसी, समाजसेवी प्रकाश उपाध्याय, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाई, अध्यक्ष सन्जिव थापा, वडा नम्बर ५ का वडा सदस्य सन्जु दहाल, मनोज साह लगाएतकाहरुको उपस्थिति रहेको थियोे। शुभकामना मन्तव्य प्रिन्सिपल सुल्भ केसिले दिएका थिए l

Advertisement

उक्त वार्षिकोत्सब समारोहमा समजसेवी प्रकाश उपाध्यायले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो । बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो ।

Advertisement

वार्षिकोत्सब समारोहमा बिधालयले पी.जी. देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्नुको साथै विभिन्न बिधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मानित समेत गरिएको थियोे । कार्यक्रम सहजीकरण मुनलाईट इङलिस बोर्डिङ स्कुलका शिक्षिका पुजा भट्टले गरेकि थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *