Categories समाचार

राष्ट्रिय समाचार समितिकाे ६४ औ बार्षिकाेत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम

Advertisement

वीरगञ्ज। राष्ट्रिय समाचार समितिकाे ६४ औ बार्षिकाेत्सवकाे अवसरमा जिम्मेवार पत्रकारिता र राससको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा राष्ट्रिय समाचार समिति वीरगञ्ज कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा राससका गयासु मिया देवानले नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, वीरगञ्ज उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कि ,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट, सशस्त्र प्रहरी बल पर्सा १३ नं गणका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी, दिलिपराज कार्की लाई दोसाला ओढाइ सम्मान गरेका थिए ।

Advertisement

राष्ट्रिय समाचार समिति वीरगञ्जका कार्यालय प्रमुख हिमाल लम्सालकाे अध्यक्षता र मधेश सरकारका भुमि व्यवस्था कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्य रहेको सो अन्तरक्रिया कार्यक्रममा जिम्मेवार पत्रकारिता र राससको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो।

Advertisement

साे अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले पत्रकार राष्ट्रको चौथो अङ्ग भएकोले सत्य तथ्य समाचारमात्र सम्प्रेषण गर्न आग्रह गर्दै भने कुनै कुनै बेला सानो समाचार पनि उग्र रुप लिइ बिद्रोह गराउन सक्ने बताए। साथै राससमा कृषि सम्बन्धि समाचार सम्प्रेषण गर्न सुझाव दिए। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले मिडिया बिध्येक सरकारले ल्याउन लागको बारेमा नेपाल पत्रकार महासंघले बिरोध गर्दै ज्ञापनपत्र समेत बुझाएको छ र राससले पनि यसको बिरोध गर्नुपर्ने बताए।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सदस्य सदस्य राहुल गुप्ता, प्रतिक दैनिकका प्रकाशक बिकासशर्मा, पत्रकार आरके पटेल, सौर्य दैनिकका पर्सा संवादाता पवन प्रसाद साह, नितेश कर्ण लगायतका समाजिक अभियनतहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *