Categories समाचार

आफनै मातृ भाषामा शिक्षण सिकाई हुन जरुरी छ : चौतारी अध्यक्ष भण्डारी

बिरगंज l स्थानिय तहहरुमा मातृ भाषामा शिक्षण सिकाई हुन सके शिक्षाको स्तर बढ्न सक्ने प्रेस चौतारीका अध्यक्ष तुल्सी भण्डारीले बताउनु भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भोजपुरी समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले स साना नानी बाबु तथा विद्यार्थी भाई बहिनीहरुले आफनै भाषामा लेखिएका पुस्तक पढ्न र लेख्न पाएको भए झनै राम्रो हुने बताए ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भोजपुरी समाजले भोजपुरी भाषा, संस्कृती तथा साहित्यको बारेमा बिशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । समाजले बिरगंजको रेल्वे मा.बिमा समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा गरेको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष तुलसी भण्डारी, विद्यालयका प्र.अ.प्रभु प्रसाद रौनियार, शिक्षक संतोष कर्णलगायतले आफनो मातृ भाषाको बारेमा प्रकास पारेका थिए ।

Advertisement

कार्यक्रम नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, पत्रकार बलिराम यादव, राजु बैठाको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव राजेन्द्र सिंह राजपुतले गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *