Categories समाज

उपकार सेवा नेपालद्वारा अपांगता भएको व्यक्तिलाई ह्वीलचेयर प्रदान

बिरगंज l उपकार सेवा नेपाल नामक संस्था द्वारा जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्ज निवासी सहयोगापेक्षी ४३ वर्षिय सुमन कार्कीलाई एक कार्यक्रमको आयोजना गरि एक थान ह्वीलचेयर प्रदान गरिएको छ।

सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार तीन बर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड् डुल गर्न नसक्ने भएकोले उनको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले उनलाई सहयोग गरेको हो । यस सहयोगले निज सुमन कार्कीको दैनिक जीवनयापन्नमा सहजता ल्याउने विश्वास गरिएको छ।

Advertisement

कार्कीको शारीरिक अवस्था पुर्णरुपमा अपाङ्ता भएकालेे उनको स्वस्थ्यलाई ख्याल गर्दै ऊनको घरमै पुगी एक कार्यक्रम बिच व्हील चेयर प्रदान गरिएको थियोे। सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी सदस्य अंकुर शर्मा लगाएतकाहरुको समेत उपस्थिति रहेको थियो

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *