Categories समाचार

ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा समाजसेवीहरुलाई सम्मान

Advertisement

बिरगंज l ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंज द्वारा बिरगंजका विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको विशिष्ट व्यक्तिहरु तथा समाजसेवीहरुको सम्मान गरिएको छ । आज शनिबार बिरगंज स्थित ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया भवनमा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजकी प्रमुख रबिना दिदिको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी मन्त्री जनार्दन सिंह क्षेत्री रहनु भएको थियो । विशिष्ट अतिथीमा मधुवनबाट आएका बिके गिरिश भाई जी, बिके बिरेन्द्र भाई जी, बिके प्रकाश भाईजीको विशेष उपस्थिति रहेको थियोे।

Advertisement

समाजसेबी प्रकाश थारु,सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवनबहादुर रायमाझी,धुर्व साह,डा.निरज सिंह,डा.उदय नारायण सिंह,प्रकाश खेतान,ग्यासुदिन ठकुराई,मधु राणा,सुरेश रुङटा,गनेश लाठ,रन्जित सिंह लगाएतकाहरुको पनि सहभागिता रहेको थियोे।

Advertisement

उक्त सम्मान कार्यक्रममा बारा,पर्सा,रौतहट,रक्सौलका समेत गरि २६ जना विशिष्ट समाजमा योगदान पुर्याउने ब्यक्तिहरु लाई सम्मान गरिएको थियोे। वहाहरुलाई टीका,फुलमाला,दोसल्ला ओढाइ सम्मानपत्र द्वारा सम्मानित गरिएको थियोे।

सम्मानित हुनेमा डा.निरज सिंह, डा.उदय नारायण सिंह, प्रकाश खेतान, प्रकाश थारु, ग्यासुदिन ठकुराई, मधु राणा, सुरेश रुङटा, गनेश लाठ, रन्जित सिंह, देवेश मानवसेवा, बिकि सर्राफ लगाएतकाहरु लाई सम्मान गरिएको थियोे। आजको कार्यक्रम संचालन बिके गोकुल गुबाजुले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *