Categories समाचार

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

Advertisement

काठमाडौं l आइतबार संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेगरी दुवै सदनका बैठक बोलाइएको छ । दुवै सदनको बैठकका लागि सम्भावित कार्यसूची समेत तय गरिएको छ । जसमा प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ । तर, सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश गरिने विषय उक्त कार्यसूचीमा अटाएको छैन ।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९/२०८० पेस गर्ने उल्लेख छ । यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Advertisement

प्रस्तावित कार्यसूची अनुसार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

Advertisement

केही दिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेशलाई संसद्‌बाट स्वीकृतिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । तर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले साथ नदिँदा सरकारलाई अप्ठेरो परिरहेको छ । जसपाकै कारण सरकारले सदनमा अध्यादेश अघि बढाउन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *