Categories एजेन्सी

हमासद्धारा सातौ पटक बन्दी रिहा, नेपाली विद्यार्थी विपिन जोशी अझै मुक्त भएनन्

Advertisement

एजेन्सी । हमासले सातौँ पटक थप ६ जना बन्धकलाई रिहा गरेको छ। शनिबार रिहा गरिएका सबै इजरायली नागरिक रहेका छन्। तर, धेरैले आशा गरेका नेपाली विद्यार्थी विपिन जोशी भने अझै पनि मुक्त हुन सकेका छैनन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धकलाई रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। रिहा गरिएका व्यक्तिहरूमा ३७ वर्षीय अवेरा मेन्गिस्तु, ३७ वर्षीय हिशाम अल सैयद, ३९ वर्षीय तल शोहम, २७ वर्षीय एलिया कोहेन, २३ वर्षीय ओमेर वेनकर्ट, र २२ वर्षीय ओमेर शेम टोभ रहेका छन्।

Advertisement

टाइम्स अफ इजरायलका अनुसार, रिहा गरिएका व्यक्तिहरूमध्ये अवेरा मेन्गिस्तु र हिशाम अल सैयद सन् २०१४ देखि नै हमासको नियन्त्रणमा थिए। उनीहरू समुद्री तट हुँदै गाजा प्रवेश गर्दा नियन्त्रणमा लिइएका थिए। बाँकी चार जनालाई भने हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा अपहरण गरी गाजा लगेका थिए।

Advertisement

६ जना बन्धक रिहा गरेबापत इजरायलले ६०२ जना प्यालेस्टिनी कैदीलाई मुक्त गर्ने तयारी गरेको छ। जनवरी १९ यता जारी युद्धविरामका बीच हमासले सातौँपटक बन्धक रिहा गरेको हो। आजको समूहसहित हमासले अहिलेसम्म कुल ३० जना बन्धक मुक्त गरिसकेको छ।

यसअघि छैटौँ चरणसम्म हमासले ९३५ जना प्यालेस्टिनी कैदीलाई रिहा गरिसकेको थियो। यस क्रममा नेपाली विद्यार्थी विपिन जोशी पनि मुक्त हुने आशा गरिएको थियो, तर उनको पालो अझै आएको छैन।

पहिलो चरणको युद्धविरामअन्तर्गत हमासले कुल ३३ जना बन्धकलाई छोड्ने सम्झौता गरेको छ। यो सम्झौताअनुसार अब हमासले ३ जना मात्र बन्धकलाई मुक्त गर्न बाँकी छ। इजरायलले भने बदलामा २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति जनाएको छ।

पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको युद्धविरामका लागि मध्यस्थकर्ताहरूबीच छलफल भइरहेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *