Categories समाचार

चिया प्रशोधन उद्योगमा आगलागी, करिब ७ करोड रुपैयाँ बराबरको क्षति

इलाम l इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी भएको छ। आगलागीबाट करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको इलाम प्रहरीले जनाएको छ। मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो।

Advertisement

यस चिया उद्योगका सञ्चालक शरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए। यस उद्योगबाट ‘स्पेसल टी’ उत्पादन हुँदै आएको थियो।

Advertisement

उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो भने युरोपका विभिन्न मुलुकमा निर्यात समेत हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *