Categories समाचार

ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा आध्यात्मिक प्रवचन एवं शिव ध्वजारोहण समारोह

बिरगंज l ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया द्वारा ८९ औं त्रिमूर्ति शिव जयन्ती को पावन अवसरमा आयोजित वर्तमान समयमा महाशिवरात्रिको अद्वितीय महत्व विषयक आध्यात्मिक प्रवचन एवं शिव ध्वजारोहण समारोह कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम मधेस प्रदेशका सान्सद श्याम पटेलको प्रमुख आतिथ्य तथा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया बिरगंजकि क्षेत्रिय एवं मुख्य संचालिका रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको थियोे।

Advertisement

भगवान् शिव यो धर्तीमा अवतरित हुनु भएको ८८ बर्ष पूरा भई ८९ बर्षमा प्रवेश गरेको ८९ औं त्रिमुति शिव जयन्तीको अवसर यो कार्यक्रमको आयोजना गरिएको थियो । शंकर पार्वती र सर्ब आत्माहरुको पिता एउटै प्रमात्मा शिव हुन भन्ने उदेश्यका साथ
८९ जन्म दिनको पुनित अवसरमा केक काटेर धुमधामका साथ मनाईएको थियोे।

Advertisement

स्वागत मन्तव्य ब्रहमाकुमारीकी बेलि दिदिले गरेकी थिईन। सो कार्यक्रममा स-साना बालबालिका द्वारा स्वागत नृत्य प्रस्तु गरिएको थियो। आजको कार्यक्रम सन्चालान ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैयाका बिके गोबर्धन चौधरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *