Categories समाचार

पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधि गर्ने ७५ जना पक्राउ

Advertisement

काठमाडौं l प्रहरीले आज शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

हिजोदेखि त्यस्ता व्यक्तिहरूलाई प्रहरीले निगरानी गरेको र आज नियन्त्रणमा लिएको उनले बताए । ‘‘अभद्र व्यवहार गर्ने, विगतमा पनि अपराध कर्ममा समावेश भएकाहरुलाई नियन्त्रणमा लिएका हौँ,’’ एसपी बोहोराले भने ।

Advertisement

उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *