Categories समाचार

लक्ष्यमा पुग्न लगनका साथ लागिरहन जरुरी छ : महानगर प्रमुख सिंह

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो लक्ष्यमा पुग्नका लागि लगनका साथ निरन्तर लागिरहन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

वीरगंज पब्लिक कलेजले आयोजना गरेको हल्ट प्राइज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानगर प्रमुख सिंहले यस्तो बताउनु भएको हो ।

Advertisement

हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना उद्यमशीलता सीपहरू विकास गर्न, सामाजिक समस्याहरूको समाधान खोज्न र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउनेमा उहाँले विश्वास लिनुभयो ।

Advertisement

विद्यार्थीहरुले पढाइसँगै उद्यमशीलता विकाश गर्न जरुरी रहेको भन्दै उहाँले त्यसमा हल्ट प्राइजले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *