Categories समाचार स्वास्थ्य

ग्लोबल बिजनेस कलेजको कार्यक्रममा १ सय ६ जनाले गरे रगत दान

Advertisement

बिरगंज । “मानवताको सेवा नै, जीवनको सर्वोत्तम कार्य हो ।” “स्वस्थ रहौं, समृद्ध बनौं” भन्ने उदेश्यका साथ ग्लोबल बिजनेस कलेज बिरगंज श्रीपुरद्वारा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले कार्यक्रमको उद्घाटन गरेका थिए ।

Advertisement

कलेजको सभाहलमा आयोजित कार्यक्रममा २२ महिला सहित १०६ जनाले रक्तदान गरेका थिए । हिमानी गुप्ता रौनियार, अमृता सराफ, विश्वजित चामारिया, अभिजित गुप्ता, सुमित ठाकुर, विष्णु साह कानु, बिक्की कुशवाहा, क्षितिज अधिकारी, अप्सना कुमारी यादव, सावित्री मंडल, आशिष गुप्ता, महेश साह, अभय गुप्ता, राहुल गुप्ता, निरज साह, आशिष रौनियार , सन्दीप शाहओम प्रकाश शाह, सोनि साह लगाएतकाले रक्तदान गरेका थिए।

Advertisement

कलेजका प्रधानाध्यापक श्रीराम दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलेजका संचालक अशोक सराफ, ओम श्रेष्ठ, निभा देबि दासको पनि उपस्थिति रहेको थियोे।

दासका अनुसार कलेजले पढाइ सँगसँगै अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्व व्यवहारिक रुपमै सिखाइरहेको दाबी गरे ।

रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेको कमाण्डमा राजन श्रीवासतव, जितेन्द्र कुश्वाहा लागाएतकाहरुले प्राबिधिक सहयोग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *